वाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित पक्राउ

वाणिज्य बैंकका सहायक प्रबन्धक ५० हजार घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् ।

आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका टोलीले बैंकका सहायक प्रबन्धक काफ्लेलाई ५० हजार रङ्गेहातसहित पक्राउ गरेका हुन् ।

बर्दिवास नगरपालिका–९ स्थित रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत सहुलियत दरमा १० लाख ऋण उपलब्ध गराएबापत कमिसन लिने क्रममा कार्यालयबाटै पक्राउ परेका हुन् ।

१० लाखको पाँच प्रतिशतका दरले ५० हजार लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका शाखा कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक ठाकुर पोखरेलले बताए । काफ्लेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रनाउ पोखरेलले जानकारी दिए ।