पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

पहिरोमा परी बेपत्ता एक बालककाे शव फेला, मृत्यु हुनेकाे संख्या ९ पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ– बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोमा परी बेपत्ता भएका एक जनाकाे शव फेला परेकाे छ ।

मृत फेला पर्नेमा ३ वर्षीय आरुष थापा रहेका छन्।

उद्धारमा खटिएको टोलीले बुधबार उनको शव फेला पारेको हो।

आरुषको शव भेटिएसँगै पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ। यसअघि मंगलबार ८ जनाको मृत्यु भइसकेको छ।

मंगलबार गएको पहिरोमा बेपत्ता अझै ३ जनाको अवस्था थाहा हुन सकेको छैन।

बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वलीका अनुसार ११ वर्षीय सुमन थापा, ७ वर्षीया मधु थापा र १० वर्षका मनोज बुढाको खोजी जारी छ।