सङ्खुवासभा – सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
मंगललबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।
पहिरोमा परेर मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो । उनीहरुको उपचार हाइड्रोपावरकै क्लिनिकमा गरिएको थियो ।
जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ कोठामध्ये ३ कोठा पुरिएका छन् । कामदारहरु निदाएको बेला क्याम्पमा पहिरो खसेको थियो ।




प्रतिक्रिया