कैलाली – प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी रिहा भएका छन्। कैलाली कारागारमा रहेका चौधरीलाई राष्ट्रपतिको कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा कैद मिनाहा गरेपछि उनी रिहा हुन्।
नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा परेका थिए । रिहाई भएसँगै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् ।
कैलाली-२ बाट निर्वाचित सांसद चौधरी माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो। सोही आदेशअनुसार उनी जेल माघ २० गते चलान भएका थिए।




प्रतिक्रिया