नागरिक उन्मुक्ति पार्टीका सांसद् चाैधरी कारागार चलान

नागरिक उन्मुक्ति पार्टीका सांसद् चाैधरी कारागार चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी कारागार चलान भएका छन् । कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् अरुणकुमार चौधरी कारागार चलान भएका हुन् ।

बिहीबार बाँकेमा पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार बिहानै जिल्ला अदालत कैलालीमा पेश गरेको थियो । अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका छन् । उनलाई सुरक्षा संवेदनशीलता भन्दै बाँकेबाट जहाजमा काठमाडौं ल्याएर जहाजमै धनगढी लगिएको थियो ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा उनीसहित ३ जनालाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् ‍चौधरीको रिहाइ माग गर्दै बिहीबार नै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ।