काठमाडौं – आइतबार साँझ लगातार परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको पूर्वी नवलपरासीस्थित अरुणखोलामा आएको बाढीले डाइभर्सन बगाएपछि १६ घण्टादेखि यातायात अवरुद्ध भएको छ ।
अरुणखोलास्थित पुल भाँचिएपछि विकल्पमा ह्युमपाइपमाथि राखिएको ग्राभेल बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बीच बाटामै गाडी रोकिएपछि त्यसमा रहेका हजारौं यात्रु अरुणखोलादेखि पूर्व र पश्चिमका जंगलमा अलपत्र परेका छन्।
खोलामा जल सतह घटेपछि अवस्था हेरेर यातायात खुलाउन पहल गरिने बुटवलस्थित डिभिजन सडक कार्यलयले जनाएको छ ।




प्रतिक्रिया