आमाले गाली गर्दा ३० वर्षिय अरुणले गरे आत्महत्या

आमाले गाली गर्दा ३० वर्षिय अरुणले गरे आत्महत्या

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – राजविराज नगरपालिका–६ का ३० वर्षीय अरुण मुखियाको पोखरीमा डुबेर मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी मङ्गलबार राति घरनजिकै रहेको पोखरीमा डुबेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मादक पदार्थमा सेवन गरेर घर आएपछि उनलाई आमाले सामान्य गालीगलौज गरेको रिसमा आई पोखरीमा हामफालेर डुबेका हुन् ।

उनकी २८ वर्षीया श्रीमती पुनमदेवी मुखियाले प्रहरीलाई फोनमार्फत जानकारी गराएपछि प्रहरीले खोजतलास गरी आज बिहान शव निकालेको प्रनाउ मिश्रले बताए ।

अहिले उनको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ ।