मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

मुख्यसचिवमा बैकुण्ठ अर्याल नियुक्त

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले डा. बैकुण्ठ अर्याललाई मुख्यसचिव नियुक्त गरेको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको हो ।

बैकुण्ठ अर्यालले २ असारमा सचिवको पाँच वर्षे कार्यकालबाट अवकाश पाउँदै थिए। त्यसअघि नै सरकारले उनलाई मुख्यसचिव नियुक्त गरेको हो। यसअघि सूचना तथा सञ्चार, उद्योग वाणिज्य तथा आपूर्ति, योजना आयोग, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा काम गरेका थिए।