काठमाण्डु – सरकारले गृह मन्त्रालयको सचिवको जिम्मेवारी एकनारायण अर्याललाई दिएको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएर अर्याललाई गृह सचिवमा सरुवा गरेको छ ।
यसअघि अर्याल प्रधानमन्त्री कार्यालयमा थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै सरकारले सचिव परिवर्तन गरेको छ ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए भने नयाँ गठबन्धन बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने गृहमन्त्री बनेका छन् ।




प्रतिक्रिया