काठमाण्डु-सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्याल भ्रष्टाचार आरोपमा निलम्बनमा परेर पनि राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बन भएका थिए ।
सार्वजनिक पद धारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भए स्वतः निलम्बन हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको व्यवस्था अनुसार उनी निलम्बनमा परेका हुन् ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अर्याललाई योजना आयोगको जगेडा पदमा लगेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकी सचिव लीलादेवी गड्तौलालाई नै कामु मुख्य सचिवको जिम्मा दिएको छ ।
अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छन् । कार्य सम्पादन नियमावली बमोजिम वरिष्ठ सचिवले निमित्त मुख्यसचिवको जिम्मेवारी निर्वाह गर्ने व्यवस्थाअनुरूप गड्तौलालाई निमित्तको जिम्मेवारी दिइएको हो ।




प्रतिक्रिया