गृहमन्त्रीकै निर्देशनमा त्रिविमा ताला लगाइयो : पद्माकुमारी अर्याल

गृहमन्त्रीकै निर्देशनमा त्रिविमा ताला लगाइयो : पद्माकुमारी अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रमुख प्रतिपक्षी नेकपा एमालेकी सांसद पद्माकुमारी अर्यालले त्रिभुवन विश्वविद्यालयमा गृहमन्त्री बालकृष्ण खाणकै निर्देशनमा ताला लगाइएको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले गृहमन्त्री खाणको निर्देशनमा प्रहरीलाई साक्षी राखेर त्रिवि पदाधिकारीका कार्यकक्षमा ताला लगाइएको आरोप लगाएकी हुन् ।

‘त्रिवि पाँच महिनादेखि बन्द छ। सरकारको ध्यान आकर्षित हुन सकेको छैन । अचम्म लाग्छ, बीचमा एक दिन एकछिन मात्रै खुलेर गृहमन्त्रीको निर्देशनमा प्रहरीलाई साक्षी राखेर विश्वविद्यालय बन्द गरिएको भन्ने छ।’ त्रविमा नेविसंघले माघ ७ देखि तालाबन्दी गरेको थियो।