परराष्ट्रमन्त्री राणा चीन उडिन्

परराष्ट्रमन्त्री राणा चीन उडिन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन उडेकी हुन् ।

प्रधानमन्त्री केपी ओलीको आसन्न भ्रमणको तयारीका लागि मन्त्री राणा नेतृत्वको टोली त्यस तर्फ जान लागेको हो। डा. राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राइ र मन्त्रालयका अधिकारीहरुले विदाई गरेका थिए।

मन्त्री राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग औपचारिक भेट गर्नेछिन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले मंसिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री ओली मंसीर १७ गते चीन भ्रमणमा जाँदै छन्। सोही भ्रमणको तारतम्य मिलाउन उनी चार दिन अघि नै चीन जान लागेकी हुन्। परराष्ट्रमन्त्री डा.राणा मंसिर १५ गते स्वदेश फर्कने कार्यतालिका छ।