परराष्ट्रमन्त्री देउवासँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेको भेटवार्ता

परराष्ट्रमन्त्री देउवासँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवालेले भेटवार्ता गरेका छन् ।

बुधबार नयाँदिल्लीको साकेतस्थित सेराटन होटलमा देउवा र चौथाईवालेबीच भेट भएको हो ।

भेटमा भाजपा विदेश विभाग प्रमुख चौथाईवालेले परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा देउवालाई बधाई दिएका छन् ।

भारत भ्रमणमा रहेकी देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् ।