काठमाण्डु – पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून निर्माणमा ढिलाइ भएको टिप्पणी गरेकी छन् ।
नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानून निर्माणमा ढिलाइ भएको बताइन् ।
संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनले बताइन् । सरकारको स्थायित्वको अभावले नीतिगत काममा समेत समस्या परेका कारण २ मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार चलाउनुपरेको उनको दाबी छ ।
मुलुकको आर्थिक, सामाजिक रूपान्तरण चाहेअनुसार नभएकै कारण एमालेसँग मिल्नुपरेको उनले बताइन् । उनले गैरआवासीय नागरिकताको अधिकारका विषयमा कानूनको मस्यौदा तयार भइरहेको र छिट्टै संसद्मा पेश गरिने बताएकी छन् ।




प्रतिक्रिया