काठमाण्डु – परराष्ट्रमन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली परिचयपत्र (एनआरएनए कार्ड) वितरण गर्ने मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिट्टै नयाँ रूपमा वितरण गर्ने बताएकी छन् ।
एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्ट्रमन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रूप दिएपछि कार्ड वितरण हुने बताइन् ।
सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा शनिबारदेखि एकता महाधिवेशन सुरु भएको छ । महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्वअध्यक्षहरूले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्रमन्त्री देउवाले छिट्टै वितरणको वाचा गरेकी हुन् ।
परराष्ट्रमन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्वअन्र्तगत एकता महाधिवेशन भएको भन्दै सबै गैरआवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।
प्रतिक्रिया