परराष्ट्रमन्त्री राणा दिल्लीमा

परराष्ट्रमन्त्री राणा दिल्लीमा


काठमाण्डु- परराष्ट्रमन्त्री डा. आरजु राणा भारतको नयाँदिल्ली पुगेकी छन् ।

उनी बिहीवार बिहान नयाँदिल्ली पुगेकी हुन् । जर्मनीको राजधानी बर्लिनबाट मन्त्री राणा नयाँदिल्ली पुगेकी हुन् । नयाँदिल्लीमा परराष्ट्रमन्त्री राणालाई भारतस्थित नेपाली दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए ।

भारतमा रहँदा उनले काठमाडौँ विश्वविद्यालय र भारतको इग्रो फान्डेशनले आयोजना गर्ने नेपाल–भारत सम्मेलनमा मुख्य वक्ताको रूपमा सम्बोधन गर्ने छिन् ।

मन्त्री राणा बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग र जर्मनीको भ्रमणपछि भारत भ्रमणमा गएकी हुन् ।

जर्मनीमा रहँदा उनले यौनिक र लैंगिक अल्पसंख्यकहरूको अधिकारसम्बन्धी सम्मेलन–२०२४ मा सहभागिता जनाएकी थिइन् ।