काठमाण्डु- हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इरानका विदेशमन्त्री सययद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन् ।
हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री राणाले इरानी विदेशमन्त्री अराघ्चीसँग कुराकानी गरेकी हुन् ।
विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा आफूले विपिनको रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिए ।
इजरायल सरकार र हमासबीच युद्धविराम भएपछि आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई हमासले मुक्त गर्न थालेका छन् ।
हमासको नियन्त्रणबाट विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहललाई जारी राखेको छ । यसक्रममा मन्त्री राणाले अघिल्लो हप्ता इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरी अपिल गरेकी थिइन् ।
इजरायल सरकार र हमासबीच युद्धविरामको कुराकानी भएदेखि नै मन्त्री राणाले हमाससँगको शान्तिवार्ताका लागि मध्यस्थता गरिरहेका कतार र इजिप्टसँग विपिन रिहाइका लागि विशेष पहल गरिदिन आग्रह गरिररहेकी हुन् ।
केही हप्ताअघि मन्त्री राणाले इजरायलका विदेशमन्त्रीसँग पनि फोनवार्ता गरेकी थिइन् ।
त्यसैगरी इजरायलका लागि नेपाली राजदूत प्रा डा धनप्रसाद पण्डितले पनि केही दिन अघि इजरायलका राष्ट्रपतिसँग फोनमा विपीन रिहाइका लागि आग्रह गरेका थिए ।




प्रतिक्रिया