काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।
आज बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदनु पेस गर्ने कार्यसूची रहेको छ। आजको बैठकमा प्रतिनिधिसभा नियमावली माथी दफाबार छलफल गर्ने र पारित गर्ने कार्यसुची रहेको छ।
जसअनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिने र प्रतिवेदन पारित गरियोस् भनी प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाकारी दिएको छ।




प्रतिक्रिया