काठमाण्डु– एसियन गेम्स क्वालिफायरको उपाधिका लागि नेपालले हङकङले नेपालका लागि १८९ रनको लक्ष्य दिएको छ ।
सिंगापुरस्थित सिंगा ओभल मैदानमा टस हारेर ब्याटिङ थालेको हङकङले २० ओभरमा ७ विकेट गुमाएर १८८ रन जोड्यो।
हङकङका लागि अंशुमान रथले सर्वाधिक ८० रन, शाहिद वसिफले ५५ तथा शिव माथुरले २६ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
बलिङतर्फ नेपालका शेर मल्लले ४ विकेट लिँदा करण केसीले २ तथा सन्दीप लामिछानेले एक विकेट लिए।




प्रतिक्रिया