नेतालाई पेस्तोल पड्काउन दिएपछि निलम्बनमा परे असई

नेतालाई पेस्तोल पड्काउन दिएपछि निलम्बनमा परे असई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- बझाङमा नेपाल प्रहरीका एक असई निलम्बनमा परेका छन् । जिल्लास्थित छबिसपाथिभेरा गाउँपालिका-३ पाटागाउँको अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका असई पुस्कल चन्द निलम्बनमा परेका हुन् ।

उनले दसैंको समयमा आफ्नो पेस्तोल सोही क्षेत्रका स्थानीयसमेत रहेका पूर्व पालिका अध्यक्ष अक्कल धामीलाई पड्काउन दिएका थिए । सोही विषय अहिले उजागर भएपछि असई चन्दलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, डिएसपी भरत शाहले जानकारी दिए ।

हतियारजस्तो संवेदनशील कुरासँग खेलाची गरेको भन्दै असई चन्दलाई प्रारम्भिक कारबाही गरिएको र थप कारबाहीका लागि छानबिन समितिले अनुसन्धान गरिरहेको उनले बताए । बन्दुक पड्काउनेलाई पनि कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।