फेरि पक्राउ परिन आशिका तामाङ

फेरि पक्राउ परिन आशिका तामाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आशिका तामाङ फेरि पक्राउ परेकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँले तोकेको धरौटी बुझाएर छुटेकी आशिका तामाङलाई आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान गर्न फेरि पक्राउ गरिएको हो ।

सोमबार १० हजार धरौटी बुझाएर छुटे लगत्तै तामाङलाई फेरि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । तामाङले धरौटी बुझाए लगत्तै प्रहरी वृत्त गौशालाले जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीलाई बुझाएको हो ।

तामाङविरुद्ध प्रहरी वृत्त जगातेमा आपराधिक उपद्रव गर्न नहुने कसुरमा उजुरी परेको परिसरका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

साँगास्थित झोलुंगे पुलमा प्रवेश गर्नेहरुसँग सूर्यबिनायक नगरपालिकाले २० रुपैयाँ कर संंकलन गर्दै आएकोमा तामाङले कर लिने निर्णयको विरोध गर्दै कर्मचारीहरूबाट रसिद खोसेर जलाएको आरोपमा सूर्यबिनायक नगरपालिकाले अनुसन्धान गर्न प्रहरीमा जाहेरी दिएको छ ।