अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

अस्मिताको बयान सकियो, रवि र युवराजको बयान भोलि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा जोडिएका तीन जना मध्ये एक जना अस्मिता कार्कीको बयान सकिएको छ ।

जिल्ला अदालत चितवनमा पुडासैनी हत्या प्रकरणमा जोडिएका अभियुक्तहरु मध्ये आइतबार अस्मिताको मात्र बयान सकिएको हो । सरकारी वकिलको कार्यालय चितवनले सो प्रकरणमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र कार्कीलाई प्रतिवादी बनाउँदै रिट दायर गरेको थियो ।

अभियुक्तहरु लामिछाने र कँडेलको बयान सोमबार हुने जिल्ला अदालत चितवनले जनाएको छ । न्यायाधीश हेमन्त रावलको इजलासमा आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दायर रिटमा बयान लिइएको हो ।