काठमाण्डु – नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जेनजीको आन्दोलनरत स्थगित गरेर वार्तामा आउन आह्वान गरेका छन् ।
मंगलबार एक भिडियो सन्देश जारी गर्दै सेनापति सिग्देलले वर्तमान अवस्थामा शान्ति सुरक्षा, राष्ट्रिय एकता र सद्भाव कायम गर्नु सबैको दायित्व रहेको बताएका छन् ।
उनले राष्ट्रिय ऐतिहासिक सम्पदा र सुरक्षाको प्रत्याभूति दिँदै राष्ट्रको सर्वाेपरि हितको रक्षा गर्नु हामी सबैको कर्तव्य रहेको बताएका छन् । परिस्थितिको शान्तिपूर्ण निकासका लागि आन्दोलन स्थगत गरी वार्ताका लागि उनले आह्वान गरेका छन् ।




प्रतिक्रिया