राजद्रोहको मुद्दामा जसपा प्रदेश अध्यक्ष यादव धरौटी बुझाएर रिहा

राजद्रोहको मुद्दामा जसपा प्रदेश अध्यक्ष यादव धरौटी बुझाएर रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट – जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोककुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले १ लाख ६० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा १ लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०–३० हजार गरी १ लाख ६० हजार रुपैयाँ धरौटी माग भएको बताए ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच  गालीगलौचको टेलिफोन संवाद बाहिरिएपछि भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो । पूर्व मधेश प्रदेशसभा सदस्य समेत रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि असोज ३ गते काजकिरीया गर्न भनी प्रहरीले छाडेको थियो ।

आमाको काजकिरीया सकेर बिहीबार यादव आफैं अदालतमा उपस्थित भएका थिए । उनले अदालतले न्याय दिएको बताएका छन् ।

अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए । प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो ।