गत भदौ अर्थात् सेप्टेम्बरमा नेपालमा भएको पाँचौँ क्रान्ति (जनआन्दोलन) को परिणामस्वरूप २०२६ मार्च ५ मा निर्वाचन गरिने घोषणा गरिएको छ ।
भदौको अन्दोलनले एमालेका अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकार ढल्यो । भदौको जेनजी आन्दोलनका क्रममा भएको तोडफोडबाट ५ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ । सरकारी अनुमानअनुसार यो रकम ५७२ मिलियन डलर छ ।
सेप्टेम्बर ९ मा सबै राज्य संयन्त्रहरू ध्वस्त भएपछि ओलीलाई राजीनामा दिन बाध्य बनाइयो । त्यसपछि बनेको शक्ति–शून्यतामा सेनाले सरकारी सम्पत्ति जोगाउन नसकेको देखियो । छानबिनको जवाफमा सेनाले मानिस (नेता) जोगाउने कि सम्पत्ति जोगाउने भन्ने दुईमध्ये एक रोज्नुपर्ने अवस्था आएको बताएको छ ।
जेनजी आन्दोलन ‘त्यति स्वतःस्फूर्त’ थिएनन् भन्ने संकेतहरू छन् । अमेरिकाले यसमा भूमिका खेलेको प्रमाण पनि भेटिन्छ । साथै, निर्वाचन वास्तवमै हुनेछ कि समयमै हुनेछ भन्ने विषयमा अझै शंका कायम छ ।
जेनजी आन्दोलन औपचारिक रूपमा सामाजिक सञ्जाल बन्दविरुद्ध सुरु भएको थियो । जसका प्रहरीको गोली लागेर सेप्टेम्बर ८ मा १७ प्रदर्शनकारीको मृत्यु भएपछि चर्कियो । यो संख्या बढ्दै ७७ जनासम्म पुग्यो ।
जेनजी आन्दोलनको जनउभारले मागहरू विस्तार हुँदै गयो । सुशासन, भ्रष्टाचारको अन्त्य, रोजगारी सिर्जना, राजनीतिक स्थिरता बहाल गर्न संविधान संशोधन र विदेशबाट मतदानको व्यवस्था जस्ता विषयहरू समेटिए ।
नेपालमा दैनिक करिब २,००० युवा रोजगारीका लागि देश छोडिरहेका छन् । जेनजी ४९ फरक–फरक समूहहरूको साझा मोर्चा हो, जसका नेता सुडान गुरुङ हुन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसँग कम्तीमा तीनवटा सम्झौता गरेका छन्, जसमा १० बुँदे सम्झौता प्रमुख हो ।
अधिवक्ता राधेश्याम अधिकारीका अनुसार ती संशोधनहरू कार्यान्वयन गर्न कठिन हुने र समयमै निर्वाचन गराउन बाधा बन्ने सम्भावना छ ।
नेपाली कांग्रेस र एमालेले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा निवेदन दर्ता गराए पनि उनीहरू निर्वाचनको तयारी पनि थालेका छन् ।
यसैबीच देशकै सबैभन्दो ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस पनि विभाजन भएको छ । कांग्रेसको विभाजन आन्तरिक राजनीति भएपनि यसले देशको समग्र राजनीति र आगामी निर्वाचनलाई समेत असर गर्नेछ ।
कांग्रेस विभाजन पछि यसको आधिकारिकता युवा नेता गगन थापाको समूहले पाएको छ । जसका कारण वर्षौदेखि सभापति रहेको र पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा दलविहीनको अवस्थामा पुगेका छन् ।
कांग्रेसको विभाजन र देउवाको राजनीतिक अवसानले पनि नेपालको भावी राजनीति र आउने निर्वाचनलाई असर गर्नेछ ।
दलविहीन भएपछि देउवाले के गर्लान अहिले निश्चित छैन । यसै महिना हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कांग्रेस र एमालेले तालमेल गर्ने बताएको थियो । तर कांग्रेसको नेतृत्व थापाको काँधमा गएपछि यो तालमेल पनि तुहिने सम्भावना छ । किनभने थापाको समूहले निर्वाचनमा कसैसँग तालमेल नगर्ने स्पष्ट गरेको छ ।
यसकारण वर्तमान परिपेक्ष्यमा नेपालको राजनीति तरल छ भने निर्वाचनबाट पनि स्थिरता हुने वा नहुने संशय नै छ । उता जेनजीका केही सदस्यहरू विवेकशील, उज्यालो नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दैछन् ।
रास्वपाका अध्यक्ष रबी लामिछाने, जो ठगीसम्बन्धी मुद्दामा जेल परेका थिए, रिहा भइसकेका छन् । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई नेपालमा लोडसेडिङ अन्त्य गराएको भन्दै प्रशंसाको नजरले हेरिन्छ ।
काठमाण्डु महानगरका मेयर बालेन शाहले रास्वपाको प्रधानमन्त्रीका उम्मेदवारका रूपमा आश्चर्यरहित सम्झौता गरेका छन् ।
जेनजीका नेता गुरुङ र पुरुषोत्तम यादवले रास्वपालाई समर्थन गरेकाले पार्टी अझै बलियो बनेको छ । निर्वाचनअघिको गठबन्धन अब नयाँ ‘सामान्य’ बनिसकेको छ । रास्वपाको उछालपछि नेपाली कांग्रेस र एमालले समेत गठबन्धनबारे सोच्न थालेका छन् ।
तर जेन जीहरू यही राजनीतिक अस्थिरताको ‘भाइरस’ जेनजी हटाउन चाहन्छ ।
सरकारबाट हटाइए पनि चार पटकका प्रधानमन्त्री ओलीले एमालेको अध्यक्षमा तेस्रो कार्यकालका लागि भारी बहुमत ल्याएका छन् । पार्टीको बलियो तल्लो तहको संगठन र धेरै सरकारी अधिकारीहरू आफ्नै नियुक्ति भएकाले ओलीले अप्रत्याशित परिणाम ल्याउन सक्छन् ।
कांग्रेस पार्टी तीन गुटमा विभाजित छ-भारत समर्थित शेखर कोइराला, अमेरिका समर्थित गगन थापा र विविध समर्थकसहित विमलेन्द्र निधि/कृष्णप्रसाद सिटौलाको समूह ।
चार पटकका प्रधानमन्त्री प्रचण्ड, माओवादी ‘ट्याग’ बिना पनि बाँचिरहने राजनीतिज्ञ र पुनर्गठित नेपाल कम्युनिस्ट पार्टी (१० वाम दलको संयोजन) का संयोजक हुन् । नयाँ दलहरूले तल्लो तहमा गहिरो असर पार्ने सम्भावना कम छ । परम्परागत दलहरू सानो मत–प्रतिशत र सिटसहित फर्किन सक्छन् । संसद्मा वामपन्थीहरूको बहुमत ५० प्रतिशतभन्दा तल झर्ने अनुमान छ ।
निर्वाचन मार्चमा हुनेछन्, तर चरणबद्ध हुन सक्ने सम्भावना पनि छ । सन् २०२६ ले नेपालका लागि केही आश्चर्य र धेरै अनिश्चितता बोकेको छ ।
लेखक मेहता भारतीय सेनाका सेवा निवृत मेजर जनरल हुन्




प्रतिक्रिया