काठमाण्डु – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित सो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सोमबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको वर्तमान सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री तथा सांसद प्रदीप यादवले जानकारी दिए ।
संघीय परिषद् अध्यक्ष राई समूहका सात सांसदले जसपा नेपाल विभाजन जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो । आयोगले दललाई मान्यता दिएपछि अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
प्रधानमन्त्रीले लिन लागेको विश्वासको मतको वैधानिकतामाथि प्रश्न उठाउँदै यादवले आइतबार सर्वोच्चमा अर्को मुद्दा दायर गरेका छन् ।




प्रतिक्रिया