टी–२० विश्वकप एसिया छनोट : नेपाल ७८ रनले पराजित

टी–२० विश्वकप एसिया छनोट : नेपाल ७८ रनले पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अन्तर्गत सुपर थ्री को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।

तेरथाइ क्रिकेट मैदानमा नेपाल ७८ रनले पराजित भएको हो ।

थाइल्यान्डले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनाउन सक्यो।

नेपालका लागि सर्वाधिक कविता कुवँरले २४ रन,रुविना क्षेत्री १२, राजमति ऐरी २० रन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

थाइल्यान्डका लागि ओनिचा कोन्चोम्फुले ४ तिपचाले ३ विकेट लिइन् ।

एसिया क्षेत्र छनोटबाट नेपाल र थाइल्यान्डले यसअघि नै ग्लोबल छनोटमा स्थान बनाइसकेका छन्।

यसअघि पहिले टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्याण्डले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १५८ रन बनाएको थियो ।

थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित ५०, ओपनर नताया बूचाथामले पनि ५०, अफिसरा सुवानचोनराथीले २९ र नाथाकम चान्थमले १४ रन जोडे ।

नेपालका लागि मनिषा उपाध्याय र राजमती ऐरीले १–१ विकेट लिए ।