एशिया कप रोचक बन्दै, भारत र पाकिस्तान फाइनल खेल्ने

एशिया कप रोचक बन्दै, भारत र पाकिस्तान फाइनल खेल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत र पाकिस्तान एशिया कप इतिहासमा पहिलो पटक फाइनल खेल्ने भएका छन । यूएईमा जारी एसीसी टी–२० एशिया कपको सुपर ४ मा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा पुगेका हुन् ।

बिहीबार भएको खेलमा पाकिस्तानले बङ्गलादेशलाई ११ रनले हराउँदै फाइनलमा पुगेको हो । भारतले यसअघि नै दुई जितका साथ फाइनलमा स्थान बनाईसकेको छ ।

एशिया कपका यसअघि १६ संस्करणको फाइनलमा भारत र पाकिस्तान खेलेका थिएनन् ।

भारतले ८ पटक एशिया कप उपाधि जितेको छ भने पाकिस्तानले २ पटक एशिया कप उपाधि जितेको छ । दुबई क्रिकेट रङ्गशालामा आइतबार फाइनलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

केही महिनाअघि भारतको जम्मु कश्मिरको पहलगाममा भएको आक्रामणपछि यी दुई देशबीच तनाव भएको थियो । त्यसयता भारतीय खेलाडीले पाकिस्तानको टोलीसँग हात समेत मिलाएका छैनन् । त्यसैले फाइनल खेललाई निकै महत्त्वका साथ हेरिएको छ ।