काठमाण्डु–मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा नेपालले श्रीलंकाविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । नेपालले समूह चरणमा पाकिस्तानलाई ३ विकेटले पराजित र भारतसँग अंक बाँड्दै सुपर ४ मा प्रवेश गरेको हो ।
समूह ए बाट बंगलादेश दुवै खेल जितेर समूह विजेताको हैसियतमा सुपर फोरमा पुग्दा श्रीलंकाले एक खेल जितेको थियो । पहिलो खेलमा घरेलु टोली मलेसियालाई हराएको श्रीलंका त्यसपछि बंगलादेशसँग पराजित भएको थियो ।




प्रतिक्रिया