एशिया कप टी-२० : सुपर-४ मा पाकिस्तानले श्रीलङ्कालाई हरायो

एशिया कप टी-२० : सुपर-४ मा पाकिस्तानले श्रीलङ्कालाई हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ को खेलमा पाकिस्तानले श्रीलङ्कालाई हराएको छ । गएराति भएको खेलमा पाकिस्तानले श्रीलङ्कालाई ५ विकेटले हराएको हो ।

श्रीलङ्काले दिएको १३४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १८ ओभरमा ५ विकेट गुमाएर भेटायो । पाकिस्तानका मोहम्मद नवाजले अविजित ३८ र मोहम्मद हुसेनले अविजित ३२ रन बनाए । श्रीलङ्काका वानिन्दु हसरंगा डे सिल्भा र महेश थेक्षानाले समान दुई तथा दुष्मन्थ चमेराले एक विकेट लिए ।

अबुधाबीमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको श्रीलङ्काले ८ विकेट गुमाएर १३३ रन बनायो । श्रीलङ्काका कामिन्दु मेन्डिसले ५० रन बनाए । पाकिस्तानका शाहीन शाह अफ्रिदीले तीन, हरिस रउफ र मोहम्मद हुसेनले समान दुई तथा अबरार अहमदले एक विकेट लिए ।

यो जीतसँगै पाकिस्तान सुपर–४ को तालिकामा २ खेलमा २ अङ्कसहित दोश्रो स्थानमा उक्लिएको छ । समान खेलमा जीतविहिन श्रीलङ्का पुछारमा छ ।

सुपर–४ मा समूह एबाट भारत र पाकिस्तान तथा समूह बीबाट श्रीलङ्का र बङ्गलादेश पुगेका हुन् ।
एशिया कप टी–२० क्रिकेट अन्तर्गत सुपर–४ मा बुधबार भारत र बङ्गलादेश खेल्दैछन् ।