काठमाण्डु – एशिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आउँदो सेप्टेम्बर ९ देखि २८ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा प्रतियोगिता हुँदैछ ।
एशियाली क्रिकेट परिषद् (एसीसी) ले सार्वजनिक गरेको खेल तालिका अनुसारमा भारत र पाकिस्तान एउटै समूहमा परेका छन् ।
समूह ए मा भारत र पाकिस्तासहित घरेलु टोली युएई र ओमान छन् । यस्तै समूह बीमा अफगानिस्तान, बङ्गलादेश, श्रीङ्कका र हङकङ छन् । भारत र पाकिस्तानबीच समूह चरणको खेल सेप्टेम्बर १४ तारिखमा हुनेछ । सेप्टेम्बर ९ मा अफगानिस्तान र हङकङबीच प्रतियोगिताको उद्घाटन खेल हुनेछ ।
समूहका शीर्ष दुई टोलीले सुपर–४ मा स्थान बनाउने छन् । सुपर–४ का शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । फाइनल खेल सेटेम्बर २८ तारिखमा हुनेछ ।
यस पटकको एशिया कप टी–२० ढाँचामा हुनेछ । सन् २०२३ मा भारतले श्रीलङ्कालाई हराउँदै उपाधि जितेको थियो ।





प्रतिक्रिया