एसिया कप खेल्ने नेपाली टोलीको घोषणा, को–को परे ?


काठमडौं – आगामी सेप्टेम्बर श्रीलंकामा आयोजना हुने एसीसी यू–१९ एसिया कपका लागि खेल्ने नेपालको १५ सदस्यीय टोलीको घोषणा भएको छ ।

रोहितकुमार पौडेलको कप्तानीमा यसअघि एसीसी पुर्वी क्षेत्रीय प्रतियोगितामा विश्राम पाएका मोहमद आसिफ शेख, सन्दीप जोरा र सूर्य तामाङले टोलीमा पूनरागमन गरेका छन् ।

टोलीमा यू–१६ का कप्तान समेत रहेका विशालविक्रम केसी र तिलक भण्डारीले भने स्थान बनाउन सकेनन् ।

नेपालको समूहमा श्रीलंकासँगै बंगलादेश र यूएई छन् । नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । नेपालले दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल यूएईसँग भदौ २४ गते खेल्नेछ । यस्तै अर्को समूहमाभारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।

यी हुन् एसीसी यू–१९ खेल्ने नेपाली टोली–

१. रोहितकुमार पौडेल (कप्तान)

२. पवन सर्राफ
३. कमलसिंह ऐरी
४. रित गौतम
५. हरिबहादुर चौहान
६. भिम सार्की
७. मोहमद आसिफ शेख
८. सन्दीप जोरा
९. कुशल मल्ल
१०. राशिद खान
११. सगर ढकाल
१२. खडक बहादुर बोहोरा
१३. सूर्य तामाङ
१४. लोकेश बम
१५. प्रतिस जिसी

व्यवस्थापक – राजु खड्का
प्रशिक्षक – विनोद दस
ब्याटिङ कन्सल्टेन्ट – अपूर्व देशाई
फिजियो – विक्रम न्यौपाने
ट्रेनर – सुबास पात्रो

प्रतिक्रिया दिनुहोस
Advertisement