एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी नेपालमा हुने

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी नेपालमा हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी हुने भएको छ । दशरथ रंगशालामा आयोजना ट्रफीमा १७ देशको भाग लिनेछन् ।

एसिया रग्बीको ठूलो आयोजना तेस्रोपल्ट नेपालमा हुन लागेको हो । एसिया रग्बी सिरिज २०२५ को छनोट माध्यमसमेत रहेको यस प्रतिस्पर्धामा पुरुषतर्फ १४ र महिलामा आठ राष्ट्रले भाग लिने छन् । यस सेभेन्स ट्रफीले फ्लाई इमिरेट्सको साथ पाएको छ ।

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि कुल चार सय ५० भन्दा धेरै खेलाडी र अफिसियल नेपाल आउने भएका छन् । ट्रफीको आयोजना आगामी असोज १८ र १९ गते दुई दिनसम्म हुनेछ ।

ट्रफीमा नेपालसहित फिलिपिन्स, बहराईन, काजकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, साउदी अरबिया, जोर्डन, बंगलादेश, चाइनिज ताइपेइ, श्रीलंका, गुआम, इन्डोनेसिया र इरानले चुनौती प्रस्तुत गर्ने तय भएको छ ।

पुरूषमा फिलिपिन्स, बहराइन, काजकिस्तान, अफगानिस्तान, उज्बेकिस्तान, पाकिस्तान, भारत, कतार, नेपाल, साउदी अरबिया, जोर्डन, बंगलादेश, चीन, ताइपेइ र श्रीलंकाको सहभागिता रहनेछ । महिलामा भने नेपाल, फिलिपिन्स, भारत, गुआम, श्रीलंका, इरान, उज्बेकिस्तान र इन्डोनेसियाको चुनौती तय भएको छ ।

नेपालमा पहिलोपल्ट सिनियरमा अन्तर्राष्ट्रिय रग्बीको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि सन् २०२२ मा यु–१८ र सन् २०२३ मा यु–२० रग्बी सेभेन्स पनि दशरथ रंगशालामै आयोजना भएको थियो ।

सिनियर तर्फको एसिया रग्बी सेभेन्स लिग कम नकआउट प्रणालीमा हुनेछ ।