एसियन कप छनोटका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा

एसियन कप छनोटका लागि ४० खेलाडी बन्द प्रशिक्षणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ताजाकिस्तानमा हुने एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली टोलीका निम्ति ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

आइतबार राष्ट्रिय टोलीका मुख्यप्रशिक्षक नवीन न्यौपानोले प्रारम्भिक चरणबाट बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएका हुन् । प्रारम्भिक चरणमा ८९ खेलाडी थिए ।

छनोटमा नेपाल घरेलु टोली ताजाकिस्तानसँग समूह केमा छ । यस समूहमा नेपाल, ताजाकिस्तान, सिरिया र फिलिपिन्स छन् । छनोट सेप्टेम्बर ३ देखि ९ सम्म हुनेछ ।

प्रत्येक समूहबाट विजेता र उपविजेतामध्ये चार उत्कृष्ट टिमले आगामी जनवरीमा साउदी अरेबियामा हुने यू–२३ एसियन कपमा स्थान बनाउनेछन् ।

बन्द प्रशक्षिणमा बोलाइएका खेलाडीमा गोलकिपरमा क्रिशल मोक्तान, जयरात शेख, रुबिन बोगटी, अमित तमाता, विशाल केसी र विवेक मगर छन् ।

त्यसैगरी, रक्षकहरूमा सिमन्त थापा, आयुश तिमिल्सिना, निग्मा लामा, शंकर थारू, आश्विन घोराशैनी, विशाल नेपाली, विवेश गुरुङ, राम थापा, अनिश परियार, सविन घिमिरे, सुदीप केसी, सेसान दानी, अभिषेक वाइबा र लाहान सुब्बा छन् ।

त्यसैगरी, मिडफिल्डरमा दिपेश गुरुङ, अभि स्याङताङ, पुजन थापा, प्रकाश लक्साम, जनमजय धामी, सञ्जीव लामा, सरोज दर्लामी, पेम्बा लामा र रोजल दाहाल छन् ।

त्यसैगरी, फरवार्डमा निरज कार्की, सविन लुगेंली, निरन्जन धामी, अनिल बोम्जन, आरोन थापा, सुजन मगर, दीपेश चाम्लिङ राई, अनिश क्षेत्री, रोहन खड्गी, सुजन डंगोल र मोहित गुरुङ छन् ।