जकार्ता – आसियान इकोनोमिक समुदायका उपमहासचिव डा. अलादीन डी. रिल्लाले कोभिड–१९ युगमा क्षेत्रीय सुधारलाई प्रोत्साहित गर्न आफ्नो डिजिटल इन्टिग्रेसनको गति बढाउनु पर्ने बताएका छन् । उनले बिहीबार भर्चुअल कन्फ्रेन्समार्फत २०२५ सम्ममा जीडीपीमा १ खर्ब अमेरिकी डलरको उत्थान गर्ने सम्भावना रहेकोे बताएका हुन् ।
कोभिड–१९ महामारीको पृष्ठभूमिमा इन्डोनेसियाको विदेश नीति समुदाय एफपीसीआईले ह्वावेको सहकार्यमा नीति निर्माणकर्ता, शिक्षाविद् र उद्योग विशेषज्ञहरु माझ डिजिटाइज आसियानको लागि डिजिटल कनेक्टिविटी, चुनौति र सम्भावितताको अवस्थाको बारेमा अन्तरकृया गरेको छ ।
“म डिजिटल कनेक्टिभिटी र रूपान्तरणलाई महत्वपूर्ण प्राथमिकता र क्रस–कटिंग मुद्दाहरूको रूपमा हेर्छु, जसले अर्थ व्यवस्थाको हरेक क्षेत्रलाई असर गर्दछ । त्यसकारण, यसलाई बहु–स्टेक होल्डर दृष्टिकोण वा प्रतिक्रिया आवश्यक पर्दछ र यसका लागि निजी क्षेत्र लगायत ह्वावेजस्ता स्टेक होल्डरको सहभागिता पनि आवश्यक छ,” अलादिन डी. रिल्लोले भने ।
उहाले उनले भने, ‘आसियानले यस क्षेत्रका धेरै प्राथमिकताहरूलाई सम्बोधन गर्न र डिजिटल रूपान्तरण चलीरहने सुनिश्चितताका लागि देश, शिक्षाविद् तथा निजी क्षेत्र जस्तै ह्वावे कम्पनीका सबै स्टेक होल्डरको योगदान आवश्यक छ । यसमा डिजिटल सीप सुधार गर्ने, डिजिटल डाटा शासन ब्यबस्था प्रवर्धन गर्ने, र साइबर सुरक्षालाई सुदृढ पार्ने काम समावेश छ । यो दुई सम्भावनाहरू मार्फत पूरा गर्न सकिन्छ, पहिलो हो डाटाको प्रयोगले नीतिहरू मार्गदर्शन गर्नु र सार्वजनिक सेवा पु¥याउनु र दोस्रो लचिलोपन प्राप्त गर्नको लागि डिजिटल सोलुसनहरू प्रदान गर्नु हो ।’
कोभिड–१९महामारीको क्रममा आईसीटीले कोरोना भाइरस बिरूद्धको लडाईमा मुख्य भूमिका खेल्दै आएको छ । आसियान क्षेत्रमा उद्योगहरूले अधिक विश्वास गर्न थालेका छन् । महामारी पश्चातको रिकभरीलाई गति दिनको लागि आईसीटी एक प्रमुख कारक हुनेछ ह्वाले बताएको छ ।
डिजिटल प्रविधिको प्रयोग व्यवसाय, सरकार र ६५० करोड जनसंख्याको समाजलाई अगी बढाउनको लागि डिजिटल रूपान्तरणले आसियान देशका सदस्यहरूबीचको सम्पर्कलाई मजबुत बनाउँदछ ।
एफपीसीआइका संस्थापक अध्यक्ष डा. डिनो पट्टीजालालले कोभिड–१९ महामारीले विश्वलाई असर पार्दै गर्दा डिजिटल कनेक्टिभिटी अझ सान्दर्भिक हुँदै गएको बताए । उनले अनुसन्धानले देखाएको मजबूत कनेक्टिभिटी पूर्वाधार भएका देशहरूले यसको प्रकोपबाट हुने नकारात्मक आर्थिक असरलाई आधासम्म कम गर्न सक्ने बताए ।
उनले भने, ‘डिजिटलीकरणको सन्दर्भमा हामीसँग थप डिजिटल साक्षरता, डिजिटल पहुँच र डिजिटल पूर्वाधार हुनु आवश्यक छ । यदि हामीले यी चीजहरू पायौंं भने हामी वास्तवमा शिक्षाको मुक्ति प्राप्तीको लक्ष्य प्राप्त गर्न सक्छौं । सबैभन्दा महत्वपूर्ण कुरा त १० आसियान देशहरू बीचको नियमनको तालमेल हो । हामीले आसियानलाई डिजिटलाइज गर्ने जुनसुकै लक्ष्य भए पनि मुख्य चुनौती नियममा नै रहनेछ । एकपटक हामीले यसलाई सुल्झाउने बित्तिकै छलांग प्रगति गर्न सकिन्छ ।’
ह्वावे एशिया प्यासिफिक उपाध्यक्ष जे चेनलाईले ज्ञान, प्रविधि र डाटाको उपयोग गर्दा डिजिटल एकीकरणले क्षेत्रीय अर्थतन्त्र बृद्धि गर्न आसियान सदस्य देशहरूको प्रयासलाई समन्वय गर्न मद्दत पु¥याउँने र आसियानको लागि नयाँ ग्लोबल डिजिटल अर्थ व्यवस्थामा एक सहि र स्वायत्त आर्थिक शक्तिलाई आफ्नो स्थान अझ सुदृढ पार्न ढोका खोलिदिने बताए ।
‘सूचना र सञ्चार प्रविधिपूर्वाधार र स्मार्ट उपकरणहरूको एक अग्रणी वैश्विक प्रदायकको रूपमा ह्वावे क्षेत्रीय डिजिटल रूपान्तरण र एकीकरणको पहलमा आसियानलाई सहयोग गर्न हाम्रा वैश्विक साझेदारहरूसँग काम गर्न समर्पित छ,’जे चेनले भने ।
‘अधिक डिजिटलाइज्ड आसियानतर्फः महामारीको समयमा प्रवाह, अवसर, र चुनौतीहरूको परिवर्तन’ नामक अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उच्चस्तरीय व्यक्तित्वहरु डा. रिजाल अफंदीलुकमान, अन्तर्राष्ट्रिय आर्थिक सहयोगका उपमन्त्री, आर्थिक मामिलासम्बन्धी इन्डोनेसियाली समन्वय मन्त्रालय, ओडो मनुहुतु, पर्यटन र रचनात्मक अर्थतन्त्रकाउप समन्वयमन्त्री, समुद्री र लगानी मामिलाका लागि इन्डोनेसियाली समन्वयमन्त्री, डा.जयंत मेनन क्षेत्रीय आर्थिक अध्ययन कार्यक्रम आईएसईएएसको भिजिटिङ सिनियर फेलो–युसुफइशाक संस्थान सिंगापुर र एडीबीका पूर्व प्रमुख अर्थशास्त्री, र ह्वावेको सार्वजनिक र सरकारी मामिला डिजिटल रूपान्तरणका प्रिंसिपल सामचेङ्गकिङ्जुन सहभागी थिए ।




प्रतिक्रिया