सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट–उपगुट अन्त्य भयो : सल्लाहकार शाह

सभापतिको प्रस्तावक प्रधानमन्त्री भएपछि गुट–उपगुट अन्त्य भयो : सल्लाहकार शाह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले पार्टीमा कुनै गुट–उपगुट नभएको बताएका छन् ।

रास्वपाको महाधिवेशनस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै उनले पार्टीमा कुनै गुट–उपगुट नरहेको बताए ।

उनले भने, ‘सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ ।’ उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट–उपगुट भन्ने कुरा यहीँ सकिएको बताए । उनले थपे, ‘पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन ।’

संविधान संशोधन कार्यदलको संयोजक रहेका साहले संविधान संशोधन राष्ट्रिय सहमतिअनुसार नै हुने बताए । उनले भने, ‘दलको आ–आफ्नो धारणा हुन्छ । बहसपत्र तयार गरिसकेपछि हामी त्यसमा अगाडि बढ्छौँ । सय दिनभित्रमा हामीले संविधान संशोधन बहस पत्र तयार गर्छौं ।’