सालिकराम पुडासैनी आत्महत्या प्रकरणः रुकु भन्ने अस्मिता कार्की पक्राउ

सालिकराम पुडासैनी आत्महत्या प्रकरणः रुकु भन्ने अस्मिता कार्की पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–पत्रकार शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा नाम जोडिएकी युवती रुकु भनिने अस्मिता कार्की पक्राउ परेकी छन् । घटना अनुसन्धानका क्रममा बिहीबार कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन्।

आत्महत्याअघि रेडर्क भएको पुडासैनीको भिडियो रेकर्डमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवी लामिछानेले आफूलाई फसाउन कार्कीलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाइएको छ ।

कार्कीसँगै डिपेन्डेन्स भिसामा अष्ट्रेलिया पठाइदिने भन्दै नजिक सम्बन्ध बनाएको र पछि आफूलाई ‘ब्ल्याकमेल’ गर्ने हतियारका रुपमा प्रयोग गरेको आरोप पुडासैनीले लगाएका थिए । पत्रकार पुडासैनीको शव भरतपुरस्थित एक होटलमा गत २० गते फेला परेपछि अनुसन्धान थालेको प्रहरीले सुरुदेखि नै रवि लामिछानेको नाम आएकाले अनुसन्धान अघि बढाएको थियो।