आज प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

आज प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

File Photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभाको बैठक आज बस्दै छ।संघीय संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसद् भवनमा बस्नेछ।बैठकका लागि सम्भावित कार्यसूची पनि तय गरिएको छ।

संसद् सचिवालयले आजका लागि दुई वटा कार्यसूची मात्र राखेको छ।जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त सेवा प्रसारण विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पेश गर्ने उल्लेख छ।