प्रतिनिधिसभा बैठक बस्दै : तीन मन्त्रालय शीर्षकको खर्च एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

प्रतिनिधिसभा बैठक बस्दै : तीन मन्त्रालय शीर्षकको खर्च एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने


काठमाण्डु – आइतबार संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्दैछ। बिहान ११ बजेदेखि सुरु हुने बैठकमा विनियोजन बजेटमाथि छलफल हुनेछ।

आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यसअघिको बैठकमा वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको छलफल गरिएको थियो ।

सम्भावित कार्यसुची अनुसार आजको बैठकमा लिलानाथ श्रेष्ठ र प्रेम सुवालले संघीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालयको शिर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस भन्ने प्रस्ताव गर्नेछन् ।