काठमाण्डु – निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य लागु गर्न निर्देशन दिएको छ ।
आयोगले बिहीबार विज्ञप्ति जारी गरेर आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी गरिएको स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन यही १२ माघमा हुँदै छ । मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ ।
यस्तो छ निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य मापदण्ड




प्रतिक्रिया