अष्टलक्ष्मी र युवराज महाधिवेशनमा उम्मेदवार नबन्ने,विधि र विधान सम्मत चल्न सुझाव

अष्टलक्ष्मी र युवराज महाधिवेशनमा उम्मेदवार नबन्ने,विधि र विधान सम्मत चल्न सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा आइतबार बसेको केन्द्रीय कमिटी बैठकमा उनले पार्टीभित्र चुनाव नलड्ने बताएकी हुन् ।

उनले भनिन् ‘म अब चुनाव उठ्दिन । मलाई भोट हाल्नु पर्दैन । तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’विधि र विधान सम्मत चलौँ, नेताले फराकिलो मन बनाउनुस्, पार्टीलीई नीति प्रदान बनाऔँ, मुख्य कुरा विधि हो । मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु , ७० पुगेपछि मैले काम गर्दिन भनेको थिएँ, उहाँले सँगै बिदा लिऔँला भन्नु भएको थियो ।’

यस्तै अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरे । उनी पनि ७० वर्षे उमेर हदको वकालत गर्दै आएका छन् ।