काठमाडौं- प्रहरीले गायिका आस्था राउतलाई नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जांचको क्रममा प्रहरी र आस्थाबीच भएको विवाद सार्वजनिक भएको थियो । उनले फेसबुक लाईभ गर्दै प्रहरीविरुद्ध गाली गलौच गरेपछि विमानस्थलमा कार्यरत महिला कर्मचारी रमिता श्रेष्ठले अभद्र व्यवहारको निवेदन प्रहरीमा दिएकी थिईन ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीले राउत प्रहरीकोमा आफै हाजीर भएको बताए । उनले अनुसन्धान प्रक्रिया सुरु भएको जानकारी समेत दिए । गायिका राउतलाई आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले स्वास्थ्य परिक्षण गराएर हिरासतमा लिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई प्रक्राउ गर्न अनुमति दिएको थियो ।




प्रतिक्रिया