गायिका आस्था राउत धरौटीमा रिहा

गायिका आस्था राउत धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – गायिका आस्था राउत धरौटीमा रिहा भएकी छिन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँको आदेशमा मंगलबार राउत ४ हजार धरौटीमा रिहा भएकी हुन् ।

यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई ४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

काठमाडौं प्रहरी परिसर, टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि जिल्ला प्रशासनमा उपस्थित गराएपछि उनीमाथि अनुसन्धान गर्न ४ दिनको समय दिइएको थियो ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवान रमिता श्रेष्ठ र आस्थाबीच विवाद भएपछि जवान श्रेष्ठले अभद्र व्यवहारमा उजुरी दिएकी थिइन् ।

उजुरीका आधारमा राउतविरुद्ध प्रकाउपुर्जी जारी भएको थियो । राउत कार्यक्रमका शिलशिलामा देशबाहिर भएकाले तत्कालै पक्राउ परिनन् । तर सोमबार बिहान उनले प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् ।