आस्था राउतलाई कोमल वलीको साथ

आस्था राउतलाई कोमल वलीको साथ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई प्रहरीले थानामा राख्नु गलत भएको बताएकी छन् । मंगलबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद वलीले राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताउँदै कानुनको मिसयुज भएको बताइन् ।

अनुसन्धानका आधारमा थुन्ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्दामा यस्तो अवस्था नभएको बताउँदै उनले बदनियत तरिकाले राउतलाई थुनामा राखिएको आरोप लगाइन् ।

“कानुनको मिसयुज भएको छ । फैजदारी अभियोगमा माफी पाएर उन्मिुक्ति पाउनुपर्छ भन्ने छैन । तर उसले गैर कानुनी कार्य गरेको छ की छैन ? आस्थाले गरेको काम कानुनले निषेध गरेको छ छैन भन्ने हेरिनुपर्छ । गालीगलोज गरेको पनि छैन । अपशब्द पनि गरेको छैन । कानुनले जे जे गर्नुहुन्न भनेको छ त्यो गरेको देखिँदैन त्यो अवस्थामा थुनामै राख्नुपर्ने अवस्था किन ?” वलीको प्रश्न थियो । उनले प्रहरीले आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइन् ।