काठमाण्डु- नेकपा एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । उनले एमालेका नेताहरुसहित नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
शाक्यको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट रघुवीर महासेठ र समर्थकमा कृष्ण गोपाल श्रेष्ठ महेश बर्तौला तुलसा दाहाल भगवती न्यौपाने यसोदा रिजाल रहेका छन् ।
शाक्यले उम्मेदवारी दर्ता गरेर बाहिरिँदै गर्दा आफू एक्लै छु भन्ने नलागेको बताइन् । उनले लोकतन्त्रलाई बलियो बनाउनका लागि सबैले सोच्नुपर्ने बताइन् ।




प्रतिक्रिया