काठमाण्डु – यति र तारा एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा अनोज रिमाल नियुक्त भएका छन् । दुई दशकदेखि यति ग्रुपमै कार्यरत रिमाललाई यति ग्रुप अफ कम्पनिजले एयरलाइन्सको प्रमुख कार्यकारीमा चार वर्षका लागि नियुक्त गरेको हो ।
यति समूहले यति र तारा दुई भिन्दाभिन्दै कम्पनीमार्फत आन्तरिक उडान गर्दै आएको छ । रिमालसँग उड्डयन क्षेत्रको २६ वर्षको अनुभव छ । एयरलाइन्सको सिइओमा यसअघि उमेश राई कार्यरत थिए ।
७२ सिट क्षमताका एटिआर ७२ जहाज ५ र जेटस्ट्रिम ५ भएको यतिले काठमाडौंबाट नेपालगञ्ज,धनगढी, भैरहवा, पोखरा, विराटनगर,भद्रपुर,तुम्लिङटार,जनकपुरजस्ता गन्तव्यमा उडान गर्दै आएको छ । यतिको भगिनी संस्था तारा एयरले भने दुर्गमका ठाउँहरु काठमाडौंबाट लुक्ला, पोखराबाट जोमसोम, नेपागञ्जबाट डोल्पा,जुम्ला, बाजुरा, हुम्ला लगायत क्षेत्रमा उडान गर्दै आएको छ ।




प्रतिक्रिया