एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ नागरिक अध्यागमनबाट पक्राउ

एटीएमबाट पैसा लुट्ने थप एक चिनियाँ नागरिक अध्यागमनबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – एटिएम ह्याक गरेर पैसा लुट्ने थप एकजना चिनियाँ नागरिक पक्राउ परेका छन् । सिसी टिभी फुटेजका आधारमा पहिचान भएका ती चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमनबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ३६ वर्षीय सु लुसली नामका चिनियाँ नागरिक रहेका छन् ।  महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले आइतबार राती त्रिभुवन विमानस्थलबाट सु लुसलीलाई पक्राउ गरेको पुष्टि गरे ।

सु लुसली चीन भाग्ने तयारीमा रहँदा अध्यागमनको सहयोगमा प्रहरीले पक्राउ गरेको डीएसपी बोगटीले जानकारी दिए । यस्तै घटनामा संलग्न फरार दुईको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।  यसअघि शनिबार राति महानगरीय प्रहरी परिसर काठमाडौंले रकम चोरीमा संलग्न ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो।