भक्तपुरमा एनआईसी एसियाको एटिएम फुटाउँदै गर्दा एक जना पक्राउ


काठमाडौं – मध्यपुर ठिमीमा एनआईसी एसिया बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई प्रक्राउ छ।

शनिबार बिहान सवा २ बजे मध्यपुर ठिमी नगरपालिका-६ बाहखा बजार स्थित संजिब चित्रकारको घरमा रहेको एनआईसी एसियाको एटिएम फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्ने सिन्धुपालचोक कदम्बास घर भइ हाल सोही वडाको नगदेश भन्ने ठाँउमा बस्दै आएका २१ वर्षीय सचिन तामाङ हुन्। प्रहरीले तामाङलाई एटिएम फुटाउदैँ गरेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी दिपक गिरीले जानकारी दिए। उनीबाट एक थान ह्याम्बर, एक थान स्क्रु ड्राइभर, एटीएम मेसिनको बाहिरी कभर र रोलर बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement