इस्लामावाद आत्मघाती आक्रमणमा २ जनाको मृत्यु, ८ घाइते


एजेन्सी – शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका प्रवक्ता खालिद मसूदका अनुसार सबै घाइतेहरूलाई त्यस इन्स्टिच्युटमा सारिएको र घाइतेहरूमा चार प्रहरी र चार सर्वसाधारण रहेका छन्।

इस्लामावाद प्रहरी स्रोतका अनुसार अधिकारीहरूले तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी) द्वारा राजधानीको परिसरमा बम विस्फोटको खतरा चेतावनी जारी गरेपछि राजधानीमा सुरक्षा उच्च सतर्कता अपनाइएको थियो।

यो सँगै बढ्दो आतङ्कवादी गतिविधिलाई ध्यानमा राख्दै राजधानीमा थप सतर्कता र अपनाउँदै इस्लामावाद प्रवेश गर्ने सबै सवारी साधनहरूको जाँच गरिरहेको छ।

शुक्रबार बिहानको घटना इस्लामावाद र छिमेकी शहर रावलपिण्डीको सिमानामा रहेको सेक्टर १/१०-४ मा भएको हो । राजधानीको भीडभाड भएको थोक तरकारी तथा फलफूल बजार जहाँ हजारौं क्रेता बिक्रेताहरू हरेक दिन आउने गर्दछन्।

इस्लामावाद प्रहरीले सूचना जारी गर्दै सो क्षेत्रमा नियमित जाँचको क्रममा एउटा कारलाई रोकिएको र कारबाहीबाट बच्नका लागि हमलाकारीले आत्मघाती विस्फोट गराएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement