दाङ – दाङको घोरही उपमहानगरपालिकामा ससुराली गएका ज्वाईलाई आफ्नै सासुले खुकुरी प्रहार गरि घाइते बनाइकी छन् ।
दाङको शान्तिनगर गाउँपालिका–३ का ३१ वर्षीय गणेश चन्दमाथि बुधबार दिउँसो आफ्नै सासू ४१ वर्षीया मधुकुमारी मल्लले खुकुरी प्रहार गरेकी हुन । सासूको प्रहारबाट गणेशको टाउकोमा गम्भीर चोट लागेको र उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा सामान्य उपचार बुधबार राति नेपालगञ्ज बाँके रिफर गरेको प्रहरीले जनाएको छ ।
छोरी (सरस्वती मल्ल)लाई कुटपिट गरेको भन्दै मधुले ससुराली आएका बेला ज्वाईमाथि घारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय घोरहीले सासू मधुकुमारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।




प्रतिक्रिया